Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

चितवनबाट कांग्रेस नेता उमेश श्रेष्ठको उम्मेदवारी

चितवनबाट कांग्रेस नेता उमेश श्रेष्ठको उम्मेदवारी

  • बुधवार, भाद्र १५ २०७९

  • 667
    SHARES

  • चितवनबाट कांग्रेस नेता उमेश श्रेष्ठको उम्मेदवारी

    काठमाडौं । प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा प्रत्यक्षबाट उम्मेदवार बन्ने आकांक्षा राखेर पार्टीमा आवेदन दर्ता गराउनुभएको छ ।

    मंगलबार चितवन निर्वाचन क्षेत्र नम्बर १ मा नाम दर्ता गराएका श्रेष्ठले क्षेत्र नम्बर २ मा वुधबार दिउँसो नाम दर्ता गराएको कांग्रेस क्षेत्रीय सभापति भरत लामिछानेले जानकारी दिनुभयो । राज्यमन्त्री श्रेष्ठले आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फबाट लड्ने चाहना व्यक्त गर्दै आउनुभयो ।

    दुई पटकसम्म समानुपातिकतर्फबाट सांसद बनिसकेका श्रेष्ठले यसपाली प्रत्यक्ष निर्वाचित सांसद बन्न खोज्नुभएको हो । क्षेत्र नम्बर २ आफ्नो लागि अनुकुल हुन नसक्ने बुझेका राज्यमन्त्री श्रेष्ठले क्षेत्र नम्बर १ मा पनि आवेदन दर्ता गराउनु भएको छ ।

    जिल्ला पार्टी सभापति राजेश्वर खनालले एक व्यक्तिले एक निर्वाचन क्षेत्रको प्रत्यक्ष वा समानुपातिककमा मात्रै नाम दर्ता गर्न गराउन सर्कुलर जारी गर्नुभएको थियो । तर, श्रेष्ठले चितवन–२ बाट पनि प्रत्यक्षमा नाम दर्ता गराउनुभएको हो ।

    श्रेष्ठलाई जिल्ला पार्टी कार्यालयले नाम सिफारिस गरेर माथिल्लो निकायमा पठाउनुअघि चितवन क्षेत्र नम्बर १ वा २ मध्ये कुन रोज्ने भनेर सोधेर मात्रै माथि नाम पठाउने बताउनुभयो ।

    केन्द्रले प्रत्यक्षमा ३ जनाको मात्रै नाम पठाउन भनेको छ । धेरै आकांक्षी भएकोले मतदानमार्फत टुंगो लगाउने चर्चा क्षेत्र नं. २ मा चलेको छ ।

    उमेश श्रेष्ठ लामो समयदेखि शैक्षिक क्षेत्रको सुधारका लागि लाग्नुभएको छ । राजनीति मुलकको स्थायित्व र विकासका लागि हुनुपर्ने श्रेष्ठको भनाइ छ । पछिल्लो समय आर्थिकोपार्जनका लागि राजनीति गर्नेको लहर चलिरहेका बेला श्रेष्ठ सम्पन्न र लोभलालच नभएको राजनीतिज्ञका रुपमा परिचित हुनुहुन्छ । उहाँको उम्मेदवारीले चितवनका जनताका खुसी छाएको छ ।


    बुधवार, भाद्र १५ २०७९०४:२८:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij