काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट संघीय संसदको निर्वाचन लड्न आवेदन दिनुभएको छ । बुधबार (आज) थापाले कास्कीबाट निर्वाचन लड्न निवेदन दिनुभएको हो ।
उहाँले कांग्रेसको विधान २०१७ (संशोधनसहित) को परिच्छेद ८ को दफा ३० को उपदफा १ बमोजिम आवेदन दिनुभएको हो । थापाले कांग्रेस कास्कीका सचिव भानु ढकालमार्फत निवेदन दर्ता गर्नुभएको हो ।
यसअघि काठमाडौं निर्वाचन क्षेत्रनम्बर ४ बाट चुनाव लड्दै आउनुभएका थापाले यो पटक कास्कीबाट पनि उम्मेद्वार बन्न आवेदन दिनुभएको हो । उहाँले बुधबार (आज) नै काठमाडौं–४ बाट पनि निर्वाचन लड्न आवेदन दिनुभएको छ ।