Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

यस्तो आयो रक्षामन्त्री पोखरेल र गृहमन्त्री थापाको कोरोना रिपोर्ट

यस्तो आयो रक्षामन्त्री पोखरेल र गृहमन्त्री थापाको कोरोना रिपोर्ट

  • आइतवार, भाद्र १४ २०७७

  • 1.4K
    SHARES

  • यस्तो आयो रक्षामन्त्री पोखरेल र गृहमन्त्री थापाको कोरोना रिपोर्ट

    काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

    कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को सचिवालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि रक्षामन्त्री पोखरेल र गृहमन्त्री थापा कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएको थियो । त्यसपछि उहाँहरु होम आइसोलेसनमा बस्नुभएको थियो ।

    सिसिएमसीअन्तर्गतको निर्देशक समितिको क्रमशः संयोजक र सदस्यसमेत रहनुभएका रक्षामन्त्री पोखरेल र गृहमन्त्री थापाको शुक्रबार स्वाब संकलन गरिएको थियो ।

    पिसिआर रिपोर्ट नेगेटिभ आएसँगै गृहमन्त्री थापा सोमबारबाट नियमित काममा फर्कने उहाँका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिनुभयो ।


    आइतवार, भाद्र १४ २०७७१२:२६:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij