Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

“प्रचण्ड प्रधानमन्त्री नभएकाले पार्टी मात्रै चलाउनुहुन्छ, म पार्टी र सरकार दुवै चलाउछु”

“प्रचण्ड प्रधानमन्त्री नभएकाले पार्टी मात्रै चलाउनुहुन्छ, म पार्टी र सरकार दुवै चलाउछु”

  • आइतवार, भाद्र १४ २०७७

  • 1.3K
    SHARES

  • “प्रचण्ड प्रधानमन्त्री नभएकाले पार्टी मात्रै चलाउनुहुन्छ, म पार्टी र सरकार दुवै चलाउछु”

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले मुख्य रुपमा सरकार र अर्का अध्यक्ष प्रचण्डले मुख्य रुपमा पार्टी सञ्चालन गर्ने सहमति भएको बताउनु भएको छ ।

    आफु प्रधानमन्त्री भएकाले मुख्य रुपमा सरकार सञ्चालनमा र अर्का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नभएकाले मुख्य रुपमा पार्टी सञ्चालनमा केन्द्रीत हुने उहाँले स्पष्ट पार्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले प्रचण्डलाई पार्टी सञ्चालनमा पुर्ण अधिकार दिइएको, तर आफ्नो अधिकार पनि उत्तिकै रहेको उल्लेख गर्नुभयो ।

    पार्टीको कुनै पनि निर्णय आफुले उल्लंघन नगरेको र राजनीतिक नियुक्तिहरु पनि योग्यहरुलाई मात्रै गरिएको उहाँले दावी गर्नुभयो । प्रधानमन्त्री ओलीले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित नगर्ने संकेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘एकपल्ट उहाँलाई प्रतिनिधिसभाको चुनाव लडाउने कुरा भएको थियो ।’

    अर्थमन्त्री डा. युवराज खतिवडाले राम्रो काम गरेको दावी गर्दै ओलीले अर्थमन्त्रीमा खतिवडा नै दोहोरिन सक्ने बताउनुभयो । अर्थमन्त्रीमा खतिवडा दोहोरिनुहुन्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘दुई चार दिन अझै बाँकी छ हेरौं, अहिले नै पुर्वानुमान नगरौँ ।’

    प्रधानमन्त्री ओलीले अन्य मन्त्री फेरबदल गरेर मन्त्रिपरिषदपुनर्गठनका लागि आफुले विचार गरिरहेको जानकारी दिनुभयो । ठूला संचार माध्यमप्रति लक्षित गर्दै उहाँले कतिपय मिडियाहरुले लोकतन्त्रको दुरुपयोग गरेको र चाडै नै जनताले उनीहरुलाई अविश्वास गरेर पढ्ने छाड्ने टिप्पणी गर्नुभयो ।

    उहाँले भन्नुभयो, कतिपय अनैतिक तत्वहरुले गलत प्रचार गरिरहेका छन्, उनीहरु कोद्धारा संचालित छन, कसका लागि काम गर्छन भन्ने प्रश्न उठेको छ । 

    कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीले गलत गरेकाहरुको पाप धुरीबाट कराउने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफु सरकारमा आएपछि सडकमा बालबालिका र कुनैपनि बेवारिसे मानव नरहेको दावी समेत गर्नुभयो ।

     

     


    आइतवार, भाद्र १४ २०७७०९:३५:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij