Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमालेको उम्मेदवार बन्न यस्ता छन् पाँच मापदण्ड

एमालेको उम्मेदवार बन्न यस्ता छन् पाँच मापदण्ड

२२ भदौभित्र उम्मेदवार सिफारिस गरिसक्नु पर्ने
  • शनिवार, भाद्र ११ २०७९

  • 640
    SHARES

  • एमालेको उम्मेदवार बन्न यस्ता छन् पाँच मापदण्ड

    काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि २२ भदौभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ । शनिबार(आज) बसेको केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभाका लागि सम्बन्धित प्रतिनिधिसभा क्षेत्र समन्वय कमिटी र प्रदेशका लागि सम्बन्धित प्रदेश सभा क्षेत्र समन्वय कमिटीबाट उम्मेदवारको सिफारिस गर्न निर्देशन गरेको हो ।

    क्षेत्रीय कमिटीहरूले गरेको सिफारिसमा आवश्यक भए जिल्ला र प्रदेशले रायसहित सिफारिस गर्न निर्देशन गरिएको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार त्यसरी सिफारिस गर्दा एक महिलासहित ३ जनाको नाम सिफारिस गर्नुपर्नेछ ।

    उम्मेदवार चयनको मापदण्ड:

    – पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता

    – लोकप्रियता र विजयको सुनिश्चितता

    – पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान

    – सन्तुलन र समावेशिता

    – निर्वाचन कानुनबमोजिमको योग्यता भएको हुनुपर्ने ।


    शनिवार, भाद्र ११ २०७९०४:३७:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij