Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रामकुमारी झाँक्रीले गरिन् बालेनको खुलेर प्रशंसा

रामकुमारी झाँक्रीले गरिन् बालेनको खुलेर प्रशंसा

  • शुक्रवार, भाद्र १० २०७९

  • 663
    SHARES

  • रामकुमारी झाँक्रीले गरिन् बालेनको खुलेर प्रशंसा

    काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव तथा पूर्व सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले दलीय दबाबले उपत्यकाका अतिक्रमण हटाउन नसकेको बताउनुभएको छ ।

    शुक्रबार सामाजिक सञ्जालमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई समर्थन गर्दै दलीय दबाबका कारण रोकिनु परेको बताउनुभएको हो ।

    झाँक्रीले बागमती करिडोरका ४१ वटा अतिक्रमित संरचना हटाइसके पनि पछि चुनाव आएको छ भनेर रोकिएको बताउनुभयो । झाँक्रीले भन्नुभएको छ, ’मैले वाग्मती करिडोरका ४१ वटा अतिक्रमित संरचना हटाइसकेको थिएँ । निर्वाचन आएको छ नगरौँ भन्ने दबाब आयो र स्थगन गर्न प¥यो । स्थानीय चुनावपछि २०७९ जेठ २ गतेबाट फेरि हटाउन सुरू भएको थियो । मेरो कार्यकाल लामो रहेन । मेयर बालेनजी र मैले केही योजना बनाएका थियौं ।’

    उहाँले इमान्दार प्रयासहरू सफल हुने उल्लेख गर्दै आफूलाई जस्तो बालेनलाई दलीय दबाब नहुने बताउनुभएको छ । उहाँले अगाडि लेख्नुभएको छ, ’मलाई जस्तो दलीय दबाब मेयर बालेनजीलाई हुँदैन ।’

    पछिल्लो समय नक्सा पास नगरी बनाइएका संरचना हटाउने अभियानलाई काठमाडौं महानगरले तीव्र बनाएको छ । महानगरको रूप फेर्न मेयर बालेन्द्र शाह आफैं मैदानमा उत्रिएको भन्दै सर्वसाधरणले प्रशंसा गरेका छन । त्यस्ता संरचना हटाउन ३५ दिने सूचना दिँदा छलफलका लागि सम्पर्कमा नआएपछि कारबाहीमा उत्रिएको महागरको दाबी छ ।

     

     


    शुक्रवार, भाद्र १० २०७९०३:२२:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij