Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

व्यवस्थापनविरुद्ध कान्तिपुर टिभीका कर्मचारीले गरे आन्दोलनको घोषणा

व्यवस्थापनविरुद्ध कान्तिपुर टिभीका कर्मचारीले गरे आन्दोलनको घोषणा

  • शनिवार, भाद्र १३ २०७७

  • 1.8K
    SHARES

  • व्यवस्थापनविरुद्ध कान्तिपुर टिभीका कर्मचारीले गरे आन्दोलनको घोषणा

    काठमाडौँ – व्यवस्थापनको नाममा रोजगारीबाट हटाएको भन्दै कान्तिपुर टेलिभिजनविरुद्ध कर्मचारीहरुले आन्दोलनको घोषणा गरेका छन् । कान्तिपुर टेलिभिजन कर्मचारी संघले आज एक विज्ञप्ति जारी गर्दै अन्यायपूर्ण ढंगले जागिरबाट निकाल्ने निर्णयविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिएको जानकारी दिएको छ ।

    आन्दोलनका कार्यक्रमअन्तर्गत यही भदौ १६ गते विरोधस्वरुप सामाजिक सञ्जालमा कालो ब्यानर टाँस्ने, १८ गते कान्तिपुरका देशैभरीका कर्मचारी तथा पत्रकारहरुले एकदिन कालोपट्टी बाँधेर काम गर्ने र २१ गते आ–आफ्नो कार्यक्षेत्रमा एक घन्टा अवरोध गर्ने रहेको छ ।

    अध्यक्ष निर्मला बस्नेतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसपछि पनि सुनुवाइ नभए दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरिने छ ।’

    कान्तिपुर टेलिभिजन कर्मचारी संघका कार्यवाहक महासचिव राजन तामाङ, केन्द्रीय सदस्य प्रकाश थापा र रवीन्द्रध्वज शाहलाई एचआर प्रमुख र स्टेसन म्यानेजरबाट धम्कीपूर्ण भाषामा रोजगारीबाट निष्काशन भएको र अरु कर्मचारीलाई पनि भेदभावपूर्ण रुपमा नामावली तयारगरी रोजगारीबाट हटाउने भन्दै मौखिक जानकारी गराइएकोप्रति संघले कडा आपत्ति प्रकट गरेको छ ।

    118398479_636544626996027_5392494804426706322_n.jpg

     


    शनिवार, भाद्र १३ २०७७०६:१०:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij