काठमाडौं । साताको पाँचौँ कारोबार दिन बिहीबार(आज) शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आज बजार परिसूचक नेप्से १८.३० अंक (०.८९ प्रतिशत) ले गिरावट भएर २०३९.५४ अंकमा बन्द भएको छ ।
यस्तै ठुला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.७८ अंकले ओरालो लागेर ३९४.५१ मा सीमित भएको छ।
नेप्सेमा गिरावटसँगै सबै उपसूचक पनि घटेको छ । अन्य उपसूचक २.२ प्रतिशत र वित्त कम्पनी उपसूचक २.०७ प्रतिशतले गिरावट भएको छ । त्यस्तै बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि ०.३६ प्रतिशतले गिरावट भएको छ ।
नेप्सेमा गिरावट भएपनि कारोबार रकममा भने केही सुधार देखिएको छ । आज नेप्सेमा ४२ लाख ३४ हजार ११७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७१ करोड ७४ लाख ३७ हजारको कारोबार भएको छ ।
जसमध्ये हिमाल दोलखा हाइड्रोपावरको ११ करोड २४ लाख ६५ हजारको कारोबार हुँदा रिडी पावरको पावरको ९ करोड ४१ लाख २८ हजार र नेष्डो समृद्धि लघुवित्तको ८ करोड ३१ लाख ४० हजारको कारोबार भएको छ ।
आज बजारमा १८७ कम्पनीको शेयर कारोबार भएकोमा १६८ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै १५ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा ४ कम्पनीको शेयर मूल्य स्थिर छ ।
आज कारोबार भएका मध्ये अपर हेवाखोला जलविद्युत् कम्पनीको शेयर मूल्य ९.९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै रुरु जलविद्युत् कम्पनीको शेयर मूल्य ८.९३ प्रतिशतले वृद्धि हुँदा नेष्डो समृद्धि लघुवित्तको शेयर मूल्य २.०७ प्रतिशतले बढेको छ ।
यता मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर मूल्य ५.८२ प्रतिशतले गिरावट भएको छ । यस्तै मल्टिपर्पस फाइनान्सको शेयर मूल्य ४.२७ प्रतिशत र खानिखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य ४.१८ प्रतिशतले घटेको छ ।