Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एमसीसी र एसपीपीमा अडान नहुँदा घाटा भयो : खनाल

एमसीसी र एसपीपीमा अडान नहुँदा घाटा भयो : खनाल

  • बिहिवार, भाद्र ९ २०७९

  • 702
    SHARES

  • एमसीसी र एसपीपीमा अडान नहुँदा घाटा भयो : खनाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसी र एसपीपीमा पार्टीले स्थिर अडान लिन नसक्दा घाटा व्यहोरेको बताउनुभएको छ ।

    नेकपा एस पार्टी पूनर्गठन दिवस कार्यक्रममा बोल्दै उहाँले यी मुद्दामा नेकपा एसले स्थिर अडान नलिएकाले आकर्षित जनताको पंत्ति पार्टीमा आउनबाट रोकिएको बताउनुभयो ।

    ‘ओली सरकारले अमेरिकासँग अगाडि बढाउँदै लगेको भित्रभित्रै हाम्रो देशमाथि थोपर्न लागेको असमान सम्झौता एमसीसी, एसपीपी सम्झौतामा पार्टीलाई स्थिर अडानमा राख्न सकिएन,’ उहाँले भन्नुभयो, ‘एक हप्ता अघि अस्वीकार गर्ने र एकहप्तापछि अनुमोदन गर्नपुग्दा हाम्रो पार्टी वरिपरि लहरका रुपमा आकर्षित भइरहेका जनताको पंती पार्टीमा आउनबाट रोकिनपुग्यो ।’

    यसबाहेक उहाँले स्थानीय तह निर्वाचनमा पार्टीले आफ्नो स्वतन्त्र नीति लिएर अगाडि बढ्न नसकेर गठबन्धनकै भर पर्दा नेकपा एसले आफ्नै यथार्थ जनमत पनि पाउन नसकेको बताउनुभयो ।


    बिहिवार, भाद्र ९ २०७९०२:४८:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij