Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

विप्लवको माग पूरा गर्न सरकार प्रतिवद्ध छ : गृहमन्त्री खाँण

विप्लवको माग पूरा गर्न सरकार प्रतिवद्ध छ : गृहमन्त्री खाँण

  • बुधवार, भाद्र ८ २०७९

  • 453
    SHARES

  • विप्लवको माग पूरा गर्न सरकार प्रतिवद्ध छ : गृहमन्त्री खाँण

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग गरेको सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

    बुधबार प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित काठमाडौं उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा मन्त्री खाणले भन्नुभयो, ‘यसअघिको सरकारले विभिन्न राजनितिक दलसँग गरेको सम्झौता विधिमा उभिएरै पुरा गर्न प्रतिवद्धताका साथ लागेका छौं ।’

    केपी ओली नेतृत्वको सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बिचमा भएको सहमति अनुसार सो पार्टीका कार्यकर्ता अझै जेलमुक्त भएका छैनन् । ‘उहाँहरुलाई मेरो आग्रह छ, सहमतिलाई अघि बढाउने कुरामा सरकार गम्भीरतापूर्वक लागेको छ,’ गृहमन्त्री खाँणले भन्नुभयो, ‘केही कानुनी जटिलता छन् तर सम्झौतालाई सम्वोधन गरेर सवैलाई राष्ट्र निर्माणमा सहभागी गराउन चाहन्छौं ।’

    अपराधको स्वरुप र प्रवृत्तिमा परिवर्तन आएको हुनाले अनुसन्धान थप जटिल बनेको उल्लेख गर्दै मन्त्री खाणले भन्नुभयो, ‘सुरक्षा निकायको सक्षमता वृद्धि गर्न प्रतिबद्ध छु ।’


    बुधवार, भाद्र ८ २०७९०२:१५:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij