Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओलीजी तपाईंले भनेका कु्रामा म सिरियस छुँ : देउवा

ओलीजी तपाईंले भनेका कु्रामा म सिरियस छुँ : देउवा

  • बुधवार, भाद्र ८ २०७९

  • 2.0K
    SHARES

  • ओलीजी तपाईंले भनेका कु्रामा म सिरियस छुँ : देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच चार विषयमा छलफल भएको छ ।

    बुधबार बिहान साढे ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो । उनीहरुको भेटमा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, एमाले उपाध्यक्षद्वय सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल पनि सहभागी हुनुहुन्थ्यो।

    सञ्चारमन्त्री कार्कीका अनुसार भेटमा ओलीले निष्पक्ष र शान्तिपूर्ण निर्वाचन प्रक्रिया, नागरिकता सम्बन्धि र महँगीका विषय प्रधानमन्त्री देउवासामु जिज्ञासा राख्नुभएको थियो । प्रधानमन्त्री देउवाले ओलीले उठाएका चारै विषयमा सकरात्मक जवाफ दिनुभएको थियो ।

    सञ्चारमन्त्री कार्कीले प्रधानमन्त्री देउवाको भनाई उदृत गर्दै भन्नुभयो, ‘निर्वाचनको निष्पक्ष र विश्वसनियतामाथि तपाईँ निसंकोच भएर निर्वाचनको तयारी गर्नुस् । सरकारले निर्वाचन निष्पक्षपूर्ण ढंगले गर्छ ।’ उहाँका अनुसार शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन चाहेको ओलीलाई प्रधानमन्त्री देउवाको जवाफ थियो ।

    प्रधानमन्त्री देउवाले महँगी नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको थियो । ओलीले राखेका चार विषयलाई गठबन्धनको बैठकमा पनि राख्ने प्रधानमन्त्री देउवाले बताउनुभएको थियो ।


    बुधवार, भाद्र ८ २०७९०२:०६:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij