काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापाको कोरोना भाइरस परीक्षण रिपोर्ट आउन ढिलाई हुँदा उनीहरु नियमित काममा फर्कन सकेका छैनन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का कार्यालय सहयोगीलाई कोरोना संक्रमण देखिएपछि दुवै नेता होम अहिले आइसोलेशनमा बसेका छन् ।
रक्षामन्त्री पोखरेल सिसिएमसीका संयोजक छन् भने गृहमन्त्री थापा सदस्य हुन् । नेकपाका सचिवालय सदस्यसमेत रहेका मन्त्रीद्वय पोखरेल र थापाको शुक्रबार स्वाब संकलन गरिएको थियो ।
गृमन्त्री थापाको आज बेलुकीसम्ममा रिपोर्ट आउने उहाँका प्रेस संयोजक किरण भट्टराईले नेपाली नेटवर्कलाई जानकारी दिनुभयो । , त्यस्तै रक्षामन्त्री पोखरेलको आजै रिपार्ट आउन सक्ने उहाँका प्रेस संयोजक लोकन्द्र केसीले बताउनुभयो ।
दुईजना सदस्य आइसोलेशनमा बसेपछि शनिबारका लागि तय भएको सचिवालय बैठकसमेत स्थगित भएको छ ।
बैठकमा भदौ ६ गते विवाद समाधान कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गरेर एकीकृत धारणा तय गर्ने कार्यसूची थियो । अर्को बैठक १८ गतेका लागि बोलाइएको छ ।