Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

‘डा. केसीमाथिको व्यवहार अतिवादको पराकाष्टा हो’

‘डा. केसीमाथिको व्यवहार अतिवादको पराकाष्टा हो’

  • शनिवार, भाद्र १३ २०७७

  • 1.2K
    SHARES

  • ‘डा. केसीमाथिको व्यवहार अतिवादको पराकाष्टा हो’

    काठमाडौं । सत्याग्रही एवं सरकारी बेथितिविरुद्धका अभियन्ता डा. गोबिन्द केसीमाथि राज्यले देखाएको व्यवहारलाई नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अतिवादको पराकाष्टाको संज्ञा दिएको छ । आज विज्ञप्ति जारी गर्दै नेविसंघले यस्तो बताएको हो ।

    hatyaaa.jpg

    डा. केसीमाथि सरकारले देखाएको व्यवहार अत्यन्त निकृष्ट र आपत्तिजनक रहेको बताउँदै यसप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

    ‘निरन्तर निमुखा र सर्बसाधारण जनताको सेवामा तल्लिन रहँदै स्वास्थ्य र शिक्षामा रहेको विकृति र विसंगतिकाविरुद्धको एक अथक अभियन्ता डा केसीलाई उहाँ बसेको स्थलबाट बाहिर जान नदिन प्रहरी र सशस्त्र प्रहरी लगाएर बलपूर्वक रोक्नु अतिवादको पराकाष्ठा हो’, विज्ञप्तिमा भनिएको छ ।

    लामो समयदेखि चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका वरिष्ठ चिकित्सक डा. केसी बिहीबार जुम्लामा प्रहरीको घेराबन्दीमा परेका थिए ।
    त्रिवि शिक्षण अस्पतालबाट सेवानिवृत्त भएपछि कर्णालीका दुर्गम क्षेत्रमा निःशुल्क उपचार गर्दै हिंडेका उनलाई विहीबार प्रहरीले घरोबन्दीमा हालेर अनावश्यक दुःख दिएको थियो ।


    शनिवार, भाद्र १३ २०७७१२:२०:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij