Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेप्सेमा ७ अंककोे गिरावट, २ अर्ब बढीको कारोबार

नेप्सेमा ७ अंककोे गिरावट, २ अर्ब बढीको कारोबार

  • आइतवार, भाद्र ५ २०७९

  • 691
    SHARES

  • नेप्सेमा ७ अंककोे गिरावट, २ अर्ब बढीको कारोबार
    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार(आज) शेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । आज सुरुवाती समयमा वृद्धि भएपनि अन्तिम एक घण्टामा भने घटेर नेप्से रातो भएर बन्द भएको छ ।
     
    आज बजार परिसूचक नेप्से ७.७२ अंक (०.३७ प्रतिशत) ले गिरावट हुँदा २०६०.५५ अंकमा बन्द भएको हो । बैंकिङ उपसूचकमा सामान्य वृद्धि हुँदा होटेल तथा पर्यटन, निर्जीवन बीमा र उत्पादनमूलक उपसूचक पनि बढेको छ । त्यसबाहेकका सबै उपसूचकमा गिरावट भएको छ ।
     
    आज दिनभर नेप्सेमा ५३ लाख ३९ हजार ४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४ करोड ७० लाख ९४ हजारको कारोबार भएको छ । जसमध्ये रिडी हाइड्रोपावरको १२ करोड २८ लाख ५१ हजारको कारोबार हुँदा अपि पावरको १० करोड २ लाख २६ हजारको कारोबार भएको छ ।
     
    दिनभर बजारमा १८७ कम्पनीको शेयर कारोबार भएकोमा १३२ कम्पनीको शेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ४७ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा ८ कम्पनीको शेयर मूल्य भने स्थिर छ ।
     


    आइतवार, भाद्र ५ २०७९०४:२८:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij