Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

शान्तिप्रियको शब्द तथा बिन्दु बिसीको आवाजमा ‘छुनुमुनु गर्दै‘ सार्वजनीक (भिडियोसहित)

शान्तिप्रियको शब्द तथा बिन्दु बिसीको आवाजमा ‘छुनुमुनु गर्दै‘ सार्वजनीक (भिडियोसहित)

  • आइतवार, भाद्र ५ २०७९

  • 1.0K
    SHARES

  • शान्तिप्रियको शब्द तथा बिन्दु बिसीको आवाजमा ‘छुनुमुनु गर्दै‘ सार्वजनीक  (भिडियोसहित)

    काठमाडौं । चलचित्र पत्रकार तथा गीतकार शान्तिप्रियको मौलीक तीज गीत छुनुमुनु गर्दै‘ सार्वजनीक भएको छ । सीसी नेपाल च्यानलबाट गीत सार्वजनीक भएको हो । नेपाली मौलीक पर्व तीजको अवसर पारेर गीत सार्वजनीक गरीएको हो ।

    तीजका अवसरमा विकृति स्वरुप धेरै अघिबाट तीज गीतहरु सार्वजनीक गर्ने गरिएपनि आफूले तीजको छेकोमा मात्रै गीत ल्याउने गरेको शान्तिप्रियले बताए ।

    छुनुमुनु गर्दै‘तीज गीतको शब्द शान्तिप्रियले लेखेका हुन् । गीतलाई संगीत संयोजन एवं संगीत राकेश सोनीले गरेका छन् । बिन्दु बिसीको आवाजमा तीज गीत आएको छ । प्रिज्म रेकर्डीङमा कमल थापा र गोविन्द अनेकले रेकर्डीङ गरेको गीतलाई श्यामश्वेत रसाईलीले ध्वनी मुद्रण गरेका हुन् ।

    सार्वजनीक गरीएको तीज गीतलाई चल्तीका कोरीयोग्राफर एवं निर्देशक हेरुका लामाले निर्देशन गरेका हुन् । गीतमा अप्सरा पुरी, बर्षा तामाङ एवं झरना परीयार फिचरीङ छन् । स्टिलफोटोग्राफी राममणी ढकालले गरेका छन् भने छायांकन, सम्पादन एवं रंग संयोजन बज्र ङ्यासुरले गरेका छन् ।

    एञ्जेल तामाङको नृत्य समूहले गीतमा नृत्य गरेको छ भने बब्लु गुरुङ निर्माण नियन्त्रक हुन् । शर्मीला सुनुवारले श्रृङ्गारको काम गरेकीछिन् । गीतको निर्दिष्ट शान्तिप्रियले गरेका हुन् । मौलीकपन त्यही अनुसारको शब्द र तीजको मर्मलाई आत्मसात गर्दै गीत निर्माण गरेको गीतकार शान्तिप्रियले बताए ।

     


    आइतवार, भाद्र ५ २०७९०७:५२:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij