काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेमै बसेको भए हरिबिजोग हुने बताउनुभएको छ ।
शनिबार(आज) युवा संघ उपत्यका विशेष कमिटीको कार्यक्रममा अध्यक्ष नेपालले एमालेमा दश बुँदे सहमति गरेर बस्ने नेताहरुको हरिबिजोग रहेको बताउनुभयो ।
‘एमालेमै बसेको भए यतिखेर दश भाइ जस्तै हरिबिजोग हुने रहेछ’, अध्यक्ष नेपालले भन्नुभयो । तर एकीकृत समाजवादी बनाएर अगाडि बढ्ने चट्टानी अडान लिएको उनले बतानुभयो ।
अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीबारे सकारात्मक कुरा गर्दै नगर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन पनि दिनुभएको छ । ओलीबारे पोजिटिभ हुने गरी प्रचार गरिए सैह्य नहुने उहाँले चेतावनी दिनुभयो ।
अध्यक्ष नेपालले विचार मिल्ने वामपन्थी दलहरुसँग एकतावद्ध भएर जाने प्रस्ताव अगाडि बढाइरहेको तर एमालेसँग भने मिल्ने कुनै सम्भावना नभएको पनि बताउनुभयो ।