Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

चर्चा बालेन भर्सेस हर्क साम्पाङकै

चर्चा बालेन भर्सेस हर्क साम्पाङकै

  • बिहिवार, भाद्र २ २०७९

  • 465
    SHARES

  • चर्चा बालेन भर्सेस हर्क साम्पाङकै

    काठमाडौं । काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकाका मेयरबीच चलेको जुहारीको चर्चा संसदमा पनि चलेको छ ।

    नेकपा एमालेका सांसद कृष्णकुमार राईले दुई मेयरबीचको जुहारीको विषय संसदमा उठाउनुभएको हो ।

    उहाँले फोहोर व्यवस्थापनमा काठमाडौं महानगरपालिकाले प्रभावकारी काम नगरेको बताउनुभयो । केबल फोहोर विसर्जनस्थलमा माटोले पुर्ने मात्र काम गरेको आरोप लगाउनुभयो ।

    हर्क साम्पाङले बुधबार साँझ फेसबुकमा आफू काठमाडौं नगएको भए काठमाडौंको फोहोर उठ्ने थिएन रहेछ भन्दै स्टाटस लेख्नुभएको थियो। उहाँको पोष्टमा बालेनले प्रतिक्रिया दिनुभएको थियो । उहाँले साम्पाङकै शैलीमा लेखेका छन्, ‘हो नि तपाईंकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि !’ 


    बिहिवार, भाद्र २ २०७९०१:१९:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij