Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

शेयर बजारमा सामान्य गिरावट, १ अर्ब ४० करोडको कारोबार

शेयर बजारमा सामान्य गिरावट, १ अर्ब ४० करोडको कारोबार

  • बुधवार, भाद्र १ २०७९

  • 601
    SHARES

  • शेयर बजारमा सामान्य गिरावट, १ अर्ब ४० करोडको कारोबार
    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार(आज) शेयर बजारमा सामान्य गिरावट भएको छ । आज ०.३६ अंकको सामान्य गिरावट हुँदा २०४०.७० अंकमा बन्द भएको छ ।
     
    दिनभर उतारचढाव देखिएको बजारमा सुरुवाती समयमा नेप्सेमा वृद्धि भए पनि अन्तिममा घटेर बन्द भएको हो । नेप्सेसँगै बैंकिङ जीवन बीमा, होटेल तथा पर्यटन, व्यापार लगानी र अन्य उपसूचकमा सामान्य गिरावट हुँदा हाइड्रोपावर उपसूचक सर्वाधिक ०.६८ प्रतिशतले वृद्धि भएको छ ।
     
    नेप्सेसँगै कारोबार रकम पनि तल झरेको छ । आज कारोबार रकम घटेर डेढ अर्बबाट तल झरेको छ । आज बजारमा ३४ लाख ९७ हजार ८८१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४० करोड ६० लाख कारोबार भएको छ । जसमध्ये रिडी हाइड्रोपावरको सर्वाधिक १८ करोड ४३ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको ६ करोड ९१ लाखको कारोबार भएको छ ।
     
    आज बजारमा कुल १८५ कम्पनीको शेयर कारोबार भएकोमा १०२ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै ६९ कम्पनीको शेयर मूल्य बढ्दा १४ कम्पनीको स्थिर छ । कारोबार भएकोमध्ये श्वेतगंगा हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर, अपर हेवाखोला जलविद्युत् कम्पनी, अपर सोलु हाइड्रो इलेक्ट्रिसिटी कम्पनी र सपोर्ट लघुवित्तको शेयर मूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ ।
     


    बुधवार, भाद्र १ २०७९०३:४२:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij