Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

६ दिन पछि फर्कियो सेयर बजार, २ अर्ब ४३ करोडको कारोबार

६ दिन पछि फर्कियो सेयर बजार, २ अर्ब ४३ करोडको कारोबार

  • सोमवार, श्रावण ३० २०७९

  • 742
    SHARES

  • ६ दिन पछि फर्कियो सेयर बजार, २ अर्ब ४३ करोडको कारोबार
    काठमाडौं । लगातार ६ कारोबार दिनसम्म घटेको सेयर बजार सोमबार भने फर्किएको छ । ५५.८८ अङ्कले बढेको नेप्से २०६५.८९ बिन्दुमा उक्लिएर रोकियो ।
     
    सोमबार सबै उपसमूहमा वृद्धि हुँदा सबैभन्दा धेरै वित्त कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस दिन कुल २१५ कम्पनीको ४२ हजार ८९७ वटा कारोबारबाट ६० लाख २६ हजार १९२ कित्ता सेयर किनबेच भएको छ । सोमबार कारोबार रकम २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६१२ रुपैयाँ पुगेको छ ।
     
    सोमबार श्री इन्भेष्टमेन्ट फाइनान्स, मल्टीप्रपोज फाइनान्स, राधी विद्युत् कम्पनी र रिभर फल्स पावर लिमिटेडको मूल्यमा सकारात्मक सर्किट लागेको छ । ९ वटा कम्पनीको मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
     
    सोमबार रिडी पावर कम्पनीको सबैभन्दा धेरै ९.९९ प्रतिशतले मूल्य घटेको छ । गुराँस लघुवित्त, शिवम् सिमेन्टसहितका कम्पनीको मूल्य पनि धेरैले घटेको छ । सोमबार शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ ।
     


    सोमवार, श्रावण ३० २०७९०३:२६:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij