Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

‘डा. केसीलाई घेराबन्दी गर्न लगाएको मेहनत स्वास्थ्य क्षेत्र सुधार्न लगाएको भए !’

‘डा. केसीलाई घेराबन्दी गर्न लगाएको मेहनत स्वास्थ्य क्षेत्र सुधार्न लगाएको भए !’

  • शुक्रवार, भाद्र १२ २०७७

  • 1.3K
    SHARES

  • ‘डा. केसीलाई घेराबन्दी गर्न लगाएको मेहनत स्वास्थ्य क्षेत्र सुधार्न लगाएको भए !’

    काठमाडौं । विवेकशील नेपाली पार्टीका अध्यक्ष मिलन पाण्डेले डा. गोविन्द केसीले भनेको सरकारले मानेको भए नेपालको स्वास्थ्य क्षेत्रले कायापलट गर्ने दाबी गर्नुभएको छ । आज ट्विट गर्दै उहाँले त्यसले सरकारको उचाइ पनि बढ्नसक्ने बताउनुभएको हो ।

    डा. केसीलाई स्थानीय प्रशासनले हिड्डुल गर्न पुर्याएको अवरोध पुर्याएकोप्रति कटाक्ष गर्दै नेता पाण्डेले यस्तो बताउनुभएको हो । डा. केसीलाई रोक्न लगाएको मेहनत स्वास्थ्य क्षेत्र सुधारमा लगाउनसमेत उहाँको सरकारलाई आग्रह छ ।

    ‘डा. गोविन्द केसीलाई स्थानीय प्रशासनले हिँडडुलमा अवरोध पु¥याएको छ । उनको सत्याग्रह रोक्न खोजिएको छ’, उहाँले प्रतिप्रश्न गर्नुभएको छ, ‘उनले भनेको मानेको भए हाम्रो जनस्वास्थ्यको अवस्था कहाँ पुग्थ्यो होला ? सरकारकै उचाई कहाँ पुग्थ्यो होला ?’

    लामो समयदेखि चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका वरिष्ठ चिकित्सक डा. केसी बिहीबार जुम्लामा प्रहरीको घेराबन्दीमा परेका थिए ।

    त्रिवि शिक्षण अस्पतालबाट सेवानिवृत्त भएपछि कर्णालीका दुर्गम क्षेत्रमा निःशुल्क उपचार गर्दै हिंडेका उनलाई विहीबार प्रहरीले घरोबन्दीमा हालेर अनावश्यक दुःख दिएको थियो ।

    Capture.PNG

     

     


    शुक्रवार, भाद्र १२ २०७७०६:०२:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij