Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक फिर्ता

राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक फिर्ता

  • आइतवार, श्रावण २९ २०७९

  • 868
    SHARES

  • राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक फिर्ता

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाउनुभएको छ ।

    उक्त विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको राष्ट्रपति कार्यालयले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

    प्रतिनिधिसभा र राष्ट्रियसभाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तानले वंशजको नागरिकता पाउने र आमाको नामबाट नागरिकता लिन पाउने व्यवस्थासहित नागरिकता विधेयक पारित गरेर राष्ट्रपतिसमक्ष पठाएको थियो ।

    प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर पठाएको १४ औं दिनमा राष्ट्रपतिले उक्त विधेयक प्रतिनिधिसभामै फिर्ता पठाउनुभएको हो ।

    rastrapati_nagarikta-Bidheyak.jpg


    आइतवार, श्रावण २९ २०७९०७:४६:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij