काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा चयन हुनुभएको छ ।
आज बसेको केन्द्रीय समिति बैठकले समीक्षा बास्कोटालाई अध्यक्ष चयन गरेको हो। यस्तै पार्टीले सञ्जिववल्लभ भट्टराईलाई संयोजक चयन गरेको हो।
बैठकले पूर्व-अध्यक्ष रविन्द्र मिश्रको राजीनामा स्वीकृत गरेसँगै पार्टीको नयाँ नेतृत्व चयन गरेको हो।
पार्टीले आगामी मंसिर ४ गते हुने प्रदेश र संघको चुनावलाई केन्द्रित गर्दै निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी पनि गरेको छ।
विवेकशील साझाले औपचारिक रूपमा पार्टीको अध्यक्षसहित पदाधिकारीहरू विशेष भेला वा महाधिवेशनबाट नै चयन गर्ने तयारी गरेको छ।
बास्कोटा विवेकशील साझा पार्टी, बागमती प्रदेशकी पूर्व-संयोजक हुनुहुन्छ। यसअघि उहाँले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारी दिनुभएको थियो ।
त्यसअघि उहाँले २०७४ को निर्वाचनमा काठमाडौं क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभा सदस्यको उमेदवार बनेर २७ प्रतिशत मतसहित तेस्रो स्थान हासिल गरेकी थियो।