Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

शेयर बजारमा २७.९२ अंकको गिरावट, एक अर्ब ८७ करोडको कारोबार

शेयर बजारमा २७.९२ अंकको गिरावट, एक अर्ब ८७ करोडको कारोबार

  • आइतवार, श्रावण २९ २०७९

  • 602
    SHARES

  • शेयर बजारमा २७.९२ अंकको गिरावट, एक अर्ब ८७ करोडको कारोबार
    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार(आज) शेयर बजार परिसूचक नेप्से ओरालो लागेको छ । आज नेप्से २७.९२ अंकले घटेर बन्द भएको छ ।
     
    नेप्से १.३७ प्रतिशतले घटेर २०१०.०१ को विन्दुमा पुगेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि १.२१ प्रतिशतले घटेर ३८६.९४ को विन्दुमा पुगेको छ ।
     
    आज २२७ कम्पनीका ४५ लाख ५९ हजार २२ कित्ता शेयर किनबेच भएको छ । यस दिन एक अर्ब ८७ करोड ३२ लाख ८१ हजार २८१ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
     
    आज सबै समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी आज म्यानु एण्ड प्रो समूहको उपसूचक ३.५८ प्रतिशतले घटेको छ भने सबैभन्दा कम म्युचुअल फन्डको उपसूचक ०.८ प्रतिशतले घटेको छ । 

    यस्तै, इन्भेष्टमेन्ट समूहको उपसूचक २.७२ प्रतिशतले, फाइनान्स समूहको उपसूचक २.५८ प्रतिशतले, जीवन बीमा समूहको उपसूचक २.४३ प्रतिशतले, ट्रेडिङ समूहको उपसूचक २.२६ प्रतिशतले घटेको छ । 

    हाइड्रोपावर समूहको उपसूचक १.८६ प्रतिशतले घटेको बजारमा आज डेभलपमेन्ट बैंक समूहको उपसूचक १.३१ प्रतिशतले, माइक्रोफाइनान्स समूहको उपसूचक १.०९ प्रतिशतले, बैंकिङ समूह ०.६७ प्रतिशतले घटेको छ । अन्य समूहको उपसूचक भने आज १.१३ प्रतिशतले घटेको छ । 


    आइतवार, श्रावण २९ २०७९०३:५७:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij