Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड-बाबुरामबीच एउटै चिह्नमा चुनाव लड्ने ‘सहमति’

प्रचण्ड-बाबुरामबीच एउटै चिह्नमा चुनाव लड्ने ‘सहमति’

  • आइतवार, श्रावण २९ २०७९

  • 808
    SHARES

  • प्रचण्ड-बाबुरामबीच एउटै चिह्नमा चुनाव लड्ने ‘सहमति’
    काठमाडौं । नेपाल समाजवादी पार्टीका नेताहरू माओवादी केन्द्रको चुनाव चिह्नमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्न तयार भएका छन् ।
     
    दुई दलका शीर्ष नेताहरुबीच गठबन्धन बनाउन लगातार छलफल भइरहेको छ । आइतबार बिहान पनि माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी पार्टीका अध्यक्षद्वय  डा.बाबुराम भट्टराई र महेन्द्र राय यादवबीच भेटवार्ता भएको छ ।
     
    नेसपाका अध्यक्ष यादवका अनुसार समाजवादी गठबन्धन बनाउने र एउटै चुनाव चिह्न लिएर संयुक्त रुपमा जान दुबै दल सहमत भएका छन् । यसबारे आ–आफ्नो दलका छलफल गरेर निर्णयमा पुग्ने सहमति भएको भन्दै यादवले भन्नुभयो, ‘उहाँहरूको चुनाव चिह्न पुरानो छ, हाम्रो नयाँ छ, त्यसैले उहाँहरू (माओवादी) कै चुनाव चिह्नमा जाने सम्भावना छ ।’
     
    माओवादी नेताहरूका अनुसार नेसपाका नेताहरूले प्रतिनिधिसभामा केही सिट निश्चित गर्नुपर्ने बताएका छन् । नेसपाका अध्यक्ष भट्टराई गोरखा क्षेत्र नम्बर २ र यादव सर्लाही ४ बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । 
     
    जसपामा असन्तुष्ट रहेका कतिपय सांसद पनि आफूहरूको सम्पर्कमा रहेका नेसपाका नेताहरूले बताएका छन् । नेकपाका एक पदाधिकारीका अनुसार भोलि साँझसम्म लिखित सहमति गर्ने तयारीका साथ गृहकार्य भइरहेको छ ।
     


    आइतवार, श्रावण २९ २०७९०२:१५:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij