Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

टिकट वितरण गर्न पार्टी भित्रै चुनौतीका चाङ, शेखर समूहले पनि माग्यो ४० प्रतिशत भाग (खास खबर)

टिकट वितरण गर्न पार्टी भित्रै चुनौतीका चाङ, शेखर समूहले पनि माग्यो ४० प्रतिशत भाग (खास खबर)

  • शनिवार, श्रावण २८ २०७९

  • 625
    SHARES

  • टिकट वितरण गर्न पार्टी भित्रै चुनौतीका चाङ, शेखर समूहले पनि माग्यो ४० प्रतिशत भाग (खास खबर)
    काठमाडौं । आगामी मंसिर ४ गते देशभर एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि दलका आ–आफ्ना कसरत जारी छन् ।
     
    सत्ता गठबन्धनमा आबद्ध दलहरूले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेर छलफल अगाडि बढाएपनि सिट बाँडफाँटको टुङ्गो लगाउन सकस परिरहेको छ ।
      
    तर पार्टीभित्रका किचलोले आफ्नै नेता कार्यकर्ता मिलाउन सबै पार्टीलाई समेत हम्मे हम्मे परेको छ । अर्कोतिर नेताहरूलाई टिकट नपाउने त्रास उब्जिएको छ । सोही त्रासले सत्ता गठबन्धनको नेतृत्वकर्ता दल नेपाली काँग्रेसमा पनि प्रवेश पाएको छ । 
     
    कांग्रेसको शेखर कोइराला समूहले पार्टी सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटीरुपमा सरकार चलाएको आरोप लगाउँदै आएको छ । चुनाव नजिकीएसंँगै सभापति देउवाले न्यायोचित व्यवहार नगरेको भन्दै शेखर पक्षले विभिन्न चेतावनी दिन थालेको छ ।  
    शेखर समूहले सरकारमा भाग खोज्नुपर्ने निष्कर्ष निकाल्दै आउँदो निर्वाचनमा ४० प्रतिशत भाग दाबी गरेको छ । 
     
    कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले गठबन्धनका नाममा पार्टीभित्र अन्याय हुने गरी टिकट वितरण नगर्न पार्टी नेतृत्वलाई खबरदारी गर्नुभएको छ ।
    पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै उहाँले गठबन्धनको नाममा टिकट वितरण गर्दा मागपदण्ड मिच्न नहुने बताउनुभयो ।
     
    कांग्रेसभित्र यो आवाज उठिरहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीका नेताहरूलाई कसरी एकताबद्ध बनाएर अगाडि बढ्ने भन्ने चुनौती आफूलाई रहेको बताउनुभएको छ । 
    उहाँले पार्टीको नेतृत्व तहमा रहेका नेताहरूबिचको विवादले जनतामा नराम्रो सन्देश गइरहेको र त्यसलाई कसरी मिलाउने भन्ने सबैभन्दा ठूलो चुनौती रहेको बताउनुभयो । 
     
    गठबन्धनका पार्टीबीचमा सिट बाँडफाँडमा सहमति हुन नसकिरहेको अवस्थामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले मुलुकलाई प्रतिस्पर्धाको राजनीतिबाट दुश्मनीतर्फ लगेको आरोप लगाउनु भएको छ । सत्तारुढ गठबन्धनले प्रतिस्पर्धा गर्न नसकेर शत्रुता गर्न खोजिरहेको ओलीको जिकिर छ । 
     
    त्यसो त यसपटकको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेलको तयारी पनि चलेको छ । सत्ता गठबन्धनका पाँच दल तालमेल गर्ने निर्णयमा पुगेर सिट बाँडफाँटमा लागेसँगै एमाले र राप्रपाको फरक तयारी देखिएको हो । तर राप्रपासँग तालमेल हुन नसक्ने एमाले नेता मणि थापाको दाबी छ । उहाँले सबै पार्टीभित्र एक दुई नेताबिच सबैको भूमिका गौण रहेको भन्दै यो राजनीतिको विडम्बना भएको बताउनुभयो । 
     
    सिट बाँडफाँडमा सबै पार्टीले आफ्नो अडान छाडेका छैनन् । त्यसमाथि आ–आफ्नै पार्टीभित्र नेता कार्यकर्ता मिलाउने हैरानी सबै पार्टीभित्र रहेकाले टिकट वितरणमा सबै दललाई फलामको चिउरा चपाउनु सरह हुनेछ । तर यसको टुङ्गो नलगाई गठबन्धनको औचित्य पुष्टि गर्नु पनि उनीहरूलाई चुनौती छ । 
     


    शनिवार, श्रावण २८ २०७९०८:३२:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij