काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा आइसोलेशनमा बसेका छन् ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का कार्यालय सहयोगीलाई संक्रमण देखिएकाले दुवै नेता होम आइसोलेशनमा बसेको बताइएको छ ।
उपप्रधानमन्त्री सिसिएमसीका संयोजक छन् भने भने गृहमन्त्री थापा सदस्य हुन् ।
उनीहरु दुवैजना आइहोलेसनमा बसेपछि विवाद समाधानका लागि गठित कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्न बोलाइएको शनिबारको नेकपा सचिवालय बैठक स्थगित भएको छ ।