Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

‘सान्नानी जाम पोखरा’को अपार सफलतापछि प्रशान्तको ‘चिसो पानी सोल्टिनी’ सार्वजनिक (भिडियोसहित)

‘सान्नानी जाम पोखरा’को अपार सफलतापछि प्रशान्तको ‘चिसो पानी सोल्टिनी’ सार्वजनिक (भिडियोसहित)

  • शुक्रवार, श्रावण २७ २०७९

  • 926
    SHARES

  • ‘सान्नानी जाम पोखरा’को अपार सफलतापछि प्रशान्तको ‘चिसो पानी सोल्टिनी’ सार्वजनिक (भिडियोसहित)
    काठमाडौं । सान्नानी जाम पोखरा’ गीतको अपार सफलतापछि गायक एवं सर्जक प्रशान्त पौडेलले नयाँ गीत सार्वजनिक गरेका छन् । प्रशान्तले आफ्नै शब्द, सङ्गीत, सङ्गीत संयोजन र स्वरमा ‘चिसो पानी सोल्टिनी’ बोलको गीत ल्याएका हुन् ।  ‘लोक फ्युजन’ यो गीत शुक्रवार बिहान युट्युबमा सार्वजनिक भएको हो । गीतमा पौडेललाई सविन सुवेदीले स्वरमा साथ दिएका छन् । 
     
    यो प्रशान्तको ‘सान्नानी जाम पोखरा’पछिको अफिसियल गीत हो । स्टुडियोभित्र खिचिएको ‘लिप्सिङ’को सामान्य भिडियोसहित सार्वजनिक ‘सान्नानी जाम पोखरा’लाई श्रोता, दर्शकले निकै रुचाएका थिए । टिकटकमा गीत निकै हिट भएको थियो । सामान्य भिडियोले अहिले ५७ लाख बढी भ्युज पाइसकेको छ । श्रोता÷दर्शकले रुचाएसँगै उक्त गीतको पछि भिडियोसहित ‘दोहोरी भर्सन’समेत सार्वजनिक भएको थियो । 
     
    उक्त गीत सार्वजनिक भएको दुई महिनापछि प्रशान्तले ‘चिसो पानी सोल्टिनी’ सार्वजनिक गरेका हुन् । यो गीतको भिडियोमा प्रशान्त स्वयंका साथमा सविन सुवेदी प्रस्तुत छन् । यस गीतको भिडियो पनि सामान्य बनाइएको छ ।
     
    टार्जन लिम्बूको छायाङ्कन एवं निर्देशन रहेको भिडियो दिन्शन शाहको सम्पादन एवं कलरपछि युट्युबमा सार्वजनिक भएको हो । सिन्धुली जिल्लाको रमणीय स्थानहरूमा भिडियोको छायाङ्कन गरिएको हो । सर्जक एवं गायक प्रशान्त आफ्नो अघिल्लो गीतलाई जस्तै यसलाई पनि रुचाउनेमा विश्वस्त देखिएका छन् ।
     
    भिडियो !


    शुक्रवार, श्रावण २७ २०७९०८:२८:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij