Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गाईजात्रा : बोलेको पुर्‍याउने स्थापित कता विस्थापित ?

गाईजात्रा : बोलेको पुर्‍याउने स्थापित कता विस्थापित ?

  • शुक्रवार, श्रावण २७ २०७९

  • 645
    SHARES

  • गाईजात्रा : बोलेको पुर्‍याउने स्थापित कता विस्थापित ?

    काठमाडौं । गाईजात्राका अवसरमा हास्य कलाकारहरूले मुलुकको वर्तमान अवस्थाका बारेमा नेताहरूप्रति व्यङ्ग्य गरेका छन् ।

    रिपोर्टर्स क्लब नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको गाईजात्रा विशेष साक्षात्कार कार्यक्रममा देशका चर्चित हास्य कलाकारहरुले विभिन्न क्षेत्रको समसामयिक अवस्थाको सम्बन्धमा चोटिलो व्यंग्य गरेका हुन् ।

    कार्यक्रममा हास्य कलाकार शैलेन्द्र सिम्खडाले पछिल्लो समय नेताहरूले जनता हसाउन र कलाकारहरू पार्टीमा हाम फाल्न थालेको टिप्पणी गर्नुभयो । उहाँले देश सिंगापुरजस्तो भए हाँसो व्यङ्ग्य गर्न नपाइने भन्दै ठट्टा गर्नुभएको थियो । आफूहरूको प्रस्तुतिमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह हुने उहाँको भनाइ छ ।

    त्यस्तै, चर्चित हास्य कलाकार किरण केसीले देशमा जति आन्दोलन भए पनि जनताको अवस्था पुरानै छ भन्दै नेताहरूप्रति व्यङ्ग गर्नुभयो त्यसैगरी, कलाकार जितु नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाको क्यारिकेचर गरेर दर्शकलाई मुग्ध पार्नुभएको थियो ।

    त्यस्तै उहाँले नेपालले अर्थ मन्त्रालयको सीसी क्यामराले फुटेज लुकाएको भन्दै राजनीतिप्रति व्यङ्ग्य गर्नुभयो । नेपालले शतप्रतिशत बोलेको पुर्‍याउने एक मात्र नेता केशव स्थापित आज विस्थापित भएको व्यङ्ग्य गर्नुभयो ।

    त्यस्तै, अर्का कलाकार श्रीकृष्ण सिम्खडाले ‘बादल लाग्दैमा पानी कहाँ झर्छ र, हुरी बतास आएमा कहाँ पानी पर्छ र ?’ बोलको कवितामार्फत सरकारप्रति व्यङ्ग्य गर्नुभयो भने हास्य कलाकार दमन रुपाखेतीले अब आउने चुनावमा ६० वर्ष माथिका नेताहरूलाई उम्मेदवारी नदिन आग्रह गर्नुभयो ।


    शुक्रवार, श्रावण २७ २०७९०६:१३:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij