Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

देउवाले निरन्तर पेलेको भन्दै शेखर समूहले बोलायो बैठक

देउवाले निरन्तर पेलेको भन्दै शेखर समूहले बोलायो बैठक

  • शुक्रवार, श्रावण २७ २०७९

  • 1.4K
    SHARES

  • देउवाले निरन्तर पेलेको भन्दै शेखर समूहले बोलायो बैठक
    काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले आफूहरूलाई पेलेको तथा पार्टीभित्र कुनै सरसल्लाह नगरीकनै अघि बढेको भन्दै शेखर कोइराला समूह असन्तुष्ट बनेको छ । 
     
    सो समूहले देउवाले हरेक निर्णय आफूखुसी गरेको आरोप लगाएको छ । यसविरुद्ध आफ्नो समूहको रणनीति बनाउन नेता कोइरालाले शनिबारका लागि आफूपक्षीय बैठक बोलाउनुभएको छ ।  
     
    शनिबार दिउँसो बस्ने बैठकमा आफू निकटका पदाधिकारी, नेता तथा केन्द्रीय सदस्यहरूलाई बोलाइएको एक नेताले बताएका छन् । सभापति देउवाले ५ वटा भ्रातृ संस्थामा नेतृत्व चयन गर्दा कोइराला समूहलाई समेटिएको छैन । यस्तै पार्टी सञ्चालनमा पनि देउवा एकलौटी ढंगले अघि बढेको शेखर पक्षीय ती नेताले बताए । 
     
    देउवा निरन्तर अहिलेकै शैलीमा अघि बढे अब समानान्तर गतिविधि गर्ने मनस्थितिमा कोइराला समूह देखिएको छ । यसबारे शनिबारको बैठकमा गम्भीर छलफल गरेर निर्णयमा पुगिने ती नेताको भनाइ छ । 
     
    देउवाले नेविसंघ, महिला सङ्घ, तरुण दल, किसान सङ्घ र आदिवासी जनजाति महासंघमा नयाँ नेतृत्व चयन गर्नुभएको छ । 
     
    कोइराला समूहले सुरुमा नेविसंघ र तरुणमध्ये कुनै एकमा आफूले नेतृत्व पाउनुपर्ने माग राखेको थियो । यस्तै किसान र दलित सङ्घमा पनि नेतृत्व चाहेको थियो । तर, कुनैमा पनि कोइराला समूह अटेको छैन । यस्तै चुनावी रणनीतिका सन्दर्भमा पनि सो समूहका छलफल हुने बताइएको छ ।


    शुक्रवार, श्रावण २७ २०७९०५:२६:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij