Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आत्मघाती विस्फोटमा मारिए तालीबानी नेता हक्कानी

आत्मघाती विस्फोटमा मारिए तालीबानी नेता हक्कानी

  • शुक्रवार, श्रावण २७ २०७९

  • 503
    SHARES

  • आत्मघाती विस्फोटमा मारिए तालीबानी नेता हक्कानी

    काठमाडौं । अफगानिस्तानको काबुलमा बिहीबार भएको एक विस्फोटमा तालिबानी धार्मिक नेता शेख रहिमुल्लाह हक्कानीको मृत्यु भएको छ ।

    राजधानीमा भएको विस्फोटमा हक्कानी मारिएका टोलो अन्तराष्ट्रिय सञ्‍चारमाध्‍यमले जनाएका छन् । अफगानिस्तानमा पछिल्ला हप्ताहरुमा शृङ्खलावद्ध विस्फोटहरु भएका छन् । राजधानी काबुलको चन्दवाल, पुल–ए–सोख्ता र सरकारिजलगायतका धेरै क्षेत्रमा विस्फोटहरू भएका छन् ।

    अगस्ट ६ मा काबुलको पश्चिममा पर्ने पुल–ए–सोख्ता क्षेत्रनजिक भएको विस्फोटमा कम्तिमा तीन जनाको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएका थिए ।

    अफगानिस्तानमा भर्खरै भएको विस्फोटको संयुक्त राष्ट्र सङ्घले निन्दा गरेको छ । यसमा परी एक सय २० भन्दा बढी व्यक्ति मृत्यु र घाइते भएका छन् ।

    यस विस्फोटको इस्लामिक स्टेट्सले दाबी गरेको छ । अफगानिस्तानमा रहेको संयुक्त राष्ट्रसङ्घको परिवारले अल्पसंख्यकहरूको लागि ठूलो सुरक्षाको आग्रह गरेको छ ।


    शुक्रवार, श्रावण २७ २०७९०३:१३:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij