Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सभामुख र चिनियाँ राजदूतको भेट-सापकोटाले जनाए एक चीन नीतिमा प्रतिबद्धता

सभामुख र चिनियाँ राजदूतको भेट-सापकोटाले जनाए एक चीन नीतिमा प्रतिबद्धता

  • शुक्रवार, श्रावण २७ २०७९

  • 569
    SHARES

  • सभामुख र चिनियाँ राजदूतको भेट-सापकोटाले जनाए एक चीन नीतिमा प्रतिबद्धता
    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुभएको छ। चिनियाँ राजदूत होउ यान्छीसँगको भेटमा उहाँले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 
     
    सभामुख सापकोटा र राजदूत यान्छीबीच लैनचौरस्थित सभामुखको सरकारी निवासमा शुक्रबार भेट वार्ता भएको थियो।
     
    भेटमा सापकोटाले नेपाली भूमि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिने विषयमा नेपाल सचेत रहेको बताउनुभयो । 
     
    भेटका क्रममा राजदूत यान्छीले नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको पक्षमा चीनले सदैव दृढ समर्थन गर्ने बताएको सभामुखको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
     
    नेपालको आर्थिक समृद्धि र विकासमा चीनले सधैँ सहयोग गर्ने प्रतिबद्धता यान्छीले जनाउनुभएको छ । 


    शुक्रवार, श्रावण २७ २०७९०२:२४:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij