Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

चार दिनमा ८५.९९ अङ्कले घट्यो नेप्से

चार दिनमा ८५.९९ अङ्कले घट्यो नेप्से

  • बिहिवार, श्रावण २६ २०७९

  • 565
    SHARES

  • चार दिनमा ८५.९९ अङ्कले घट्यो नेप्से
    काठमाडौं । सेयर बजार परिसूचक नेप्से बिहीबार पनि घटेको छ । 
     
    पछिल्लो चार दिन (सोमबारदेखि बिहीबारसम्म)मा बजार ८५.९९ अङ्कले घटेको छ । साताको पाँचौँ कारोबार दिन आज नेप्से १९.०६ अङ्क (०.९३ प्रतिशत) ले गिरावट हुँदा २०३७.८३ अङ्कमा बन्द भएको छ । आइतबार सेयर बजार २१२३.८२ बिन्दुमा रहेको थियो ।
     
    नेप्सेसँगै अधिकांश उपसूचकमा गिरावट हुँदा आज कारोबार रकम पनि घटेको छ । 
     
    पछिल्लो समय लगातार २ अर्ब नाघिरहेको कारोबार रकम बुधबार २ अर्बबाट तल झरेको मा आज लगातार दोस्रो दिन पनि कारोबार रकम दुई अर्बबाट तल झरेको छ । 
     
    मंगलबार २ अर्ब ८१ करोडको कारोबार भएको बजारमा बुधबार १ अर्ब ९३ करोड ५५ लाख २० हजारको कारोबार भएको थियो । बिहीबार पनि ६२ लाख ९८ हजार ६३३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७६ करोड १० लाख २३ हजार रुपैयाँको कारोबार भएको छ ।
     


    बिहिवार, श्रावण २६ २०७९०४:४९:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij