काठमाडौं । सुनको मुल्य आज (शुक्रबार) पनि घटेको छ । साताभर निरन्तर ओरालो लागेको सुन प्रतितोला ७ सयले घटेको हो ।
हिजो (बिहीबार) को तुलनामा आज (शुक्रबार) प्रतितोला ७ सय रुपैयाँले सुनको मुल्यमा गिरावट आएको छ ।
हिजो तोलाको ९७ हजार ६ सय रुपैयाँ तोकिएको छापावाल सुनको मुल्य आज तोलाको ९६ हजार ९ सय रुपैयाँ कायम भएकोको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुनको भाउ पनि घटेर तोलामा ९६ हजार ४ सय कायम भएको छ । बिहीबार तोलाको ९७ हजार १ सय तोकिएको थियो ।
यसैगरी चाँदी पनि तोलामा ५ रुपैयाँले घटेको छ । चाँदीको मुल्य प्रतितोला १३४० कायम भएको महासंघले जनाएको छ ।