Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेप्सेमा ५ अंकको गिरावट, कारोबार २ अर्बमुनि खुम्चियो

नेप्सेमा ५ अंकको गिरावट, कारोबार २ अर्बमुनि खुम्चियो

  • बुधवार, श्रावण २५ २०७९

  • 592
    SHARES

  • नेप्सेमा ५ अंकको गिरावट, कारोबार २ अर्बमुनि खुम्चियो
    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार(आज) शेयर बजारमा गिरावट आएको छ । बजार परिसूचक नेप्से ५.११ अंक (०.२५ प्रतिशत) ले गिरावट हुँदा २०५७.६८ अंकमा बन्द भएको छ ।
     
    नेप्सेसँगै अधिकांश उपसूचकमा गिरावट हुँदा कारोबार रकम पनि घटेको छ । आज उत्पादनमूलक र लगानी उपसूचक बाहेक सबै उपसूचक घटेको छ । उत्पादनमूलक उपसूचक ०.५ प्रतिशत र लगानी उपसूचक ०.६९ प्रतिशतले बढेको छ । व्यापार उपसूचक सर्वाधिक १.४९ प्रतिशतले गिरावट हुँदा अरू उपसूचकहरूमा भने १ प्रतिशत भन्दा कमको गिरावट भएको छ ।
     
    पछिल्लो समय लगातार २ अर्ब नाघिरहेको कारोबार रकम आज २ अर्बबाट तल झरेको छ । आज ४६ लाख ४० हजार ८४४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९३ करोड ५५ लाख २० हजार रुपैयाँको कारोबार भएको छ ।
     
    जसमध्ये नागरिक लगानी कोषको सर्वाधिक १० करोड ६८ लाख ७९ हजारको कारोबार हुँदा शिवं सिमेन्टको ६ करोड ८८ लाख ४८ हजारको कारोबार भएको छ ।
     
    आज बजारमा १८२ कम्पनीको शेयर कारोबारमा आएकोमा ११९ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै ५६ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा ७ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
     
    आज कारोबार भएकोमध्ये हिमालयन हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक ९.९७ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । त्यस्तै युनिलिभर नेपालको शेयर मूल्य ४.३० प्रतिशतले वृद्धि भएको छ । यता मर्जरपछि एकीकृत कारोबार सुरु गरेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर मूल्य ९.९९ प्रतिशतले गिरावट भएर नकारात्मक सर्किट मूल्यमा बन्द हुँदा हिमालयन पावरको शेयर मूल्य ३.७२ प्रतिशतले घटेको छ ।
     


    बुधवार, श्रावण २५ २०७९०३:५१:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij