Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

तथ्यांक विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

तथ्यांक विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

  • बुधवार, श्रावण २५ २०७९

  • 504
    SHARES

  • तथ्यांक विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित
    काठमाडौं । राष्ट्रिय सभाबाट पारित भएर सन्देशसहित प्रतिनिधि सभामा आएको तथ्यांक विधेयक २०७८ बहुमतले पारित भएको छ । बुधबार(आज) बसेको प्रतिनिधि सभाको बैठकमा बहुमतले सो विधेयक पारित भएको हो । 
     
    पूर्ववर्ती सरकारले २८ फागुन २०७६ मा ल्याएको यो विधेयक २० साउन २०७८ मा राष्ट्रिय सभाबाट पारित भएको थियो । राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयकलाई आज प्रतिनिधिसभाले पनि पारित गरेको हो ।
     
    तथ्यांक उत्पादन, प्रशोधन, भण्डारण, प्रकाशन र वितरणलाई विश्वसनीय, व्यवस्थित बनाई संघ, प्रदेश र स्थानीय तहको नीति निर्माण, नीति कार्यान्वयन, स्रोत व्यवस्थापन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन तथ्यांक सम्बन्धी कानुनलाई थप संशोधन गर्न र एकीकरण गर्न आवश्यक भएको सो ऐन संसद्ले बनाएको हो । 
     
    सो विधेयकमाथि संशोधन प्रस्ताव राखेका सांसद प्रेम सुवाल र विद्या भट्टराई आफ्नो प्रस्ताव फिर्ता नलिएपछि सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा बहुमत सांसदले अस्वीकृत गरे ।
     


    बुधवार, श्रावण २५ २०७९०३:३८:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij