Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सिट बाँडफाँडबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै, भोलि कार्यदल बस्ने

सिट बाँडफाँडबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै, भोलि कार्यदल बस्ने

  • बुधवार, श्रावण २५ २०७९

  • 656
    SHARES

  • सिट बाँडफाँडबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै, भोलि कार्यदल बस्ने

    काठमाडौं । आगामी निर्वाचनमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँडबारे छलफल गर्न सानेपामा कांग्रेस पदाधिकारी बैठक बस्दैछ ।

    भोलि बस्ने सिट बाँडफाँटसम्बन्धी कार्यदलको बैठकमा प्रस्तुत हुने विषयमा छलफलका लागि आज कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो। आगामी मंसिर ४ मा हुन लागेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफलका लागि भोलि बिहीबार कार्यदलको बैठक बस्दै छ।

    त्यसअघि आन्तरिक तयारीस्वरूप कांग्रेस पदाधिकारी बैठक आज बस्न लागेको हो । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक बसेको थियो । सो बैठकले २२ दिने चुनावी अभियान र दुई दिने जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

    कांग्रेसमा सिट बाँडफाँड विषय निकै पेचिलो बनेको छ । एक सय ६५ मध्ये करिब एक सय सिट आफूलाई राख्न सभापति शेरबहादुर देउवामाथि ठूलो दबाब छ । तर, गठबन्धनमा आबद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, राजमो कांग्रेस उदार भएर प्रस्तुत हुनुपर्ने बताउँदै आएका छन् ।

    सिट बाँडफाँडसम्बन्धी कार्यदलको संयोजकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजक तोकिएका छन् ।


    बुधवार, श्रावण २५ २०७९१२:०९:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij