Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

इजरायलले ठूलो मूल्य चुकाउनुपर्ने इरानको चेतावनी

इजरायलले ठूलो मूल्य चुकाउनुपर्ने इरानको चेतावनी

  • आइतवार, श्रावण २२ २०७९

  • 590
    SHARES

  • इजरायलले ठूलो मूल्य चुकाउनुपर्ने इरानको चेतावनी

    काठमाडौं । इरानको इस्लामिक रेभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)का प्रमुखले प्यालेस्टाइन इजरायलविरुद्धको संघर्षमा एक्लै नभएको बताएका छन् ।

    इजरायलले लगातार दोस्रो दिन प्यालेस्टाइनमा हवाई हमला जारी राखेपछि आईआरजीसीका मेजर जनरल होसेन सालामीले सो कुरा बताएका हुन् ।

    ‘प्यालेस्टाइन र प्यालेस्टिनी जनताले थाहा पाउन् कि उनीहरु एक्लै छैनन् । हामी यो बाटोमा अन्तिमसम्म तपाईंहरुसँगै छौँ,’ तेहरानमा इस्लामिक जिहाद ग्रुपका नेता जियाद अल–नखालासँगको भेटमा सालामीले भने । पछिल्लो अपराधका लागि इजरायलले ठूलो मूल्य चुकाउनुपर्ने उनले चेतावनीसमेत दिए ।

    इजरायलले शुक्रबार सम्भावित हमलालाई रोक्न इस्लामिक जिहादविरुद्ध सैन्य कारबाही गरेको जानकारी दिएको थियो । सो दिन गरिएको कारबाहीमा समूहका एक शीर्ष नेता पनि मारिएका थिए । इजलायलको सैन्य कारबाहीमा ५ वर्षीया बालिकासहित एक दर्जन बढी मानिसको मृत्यु भइसकेको छ भने सयभन्दा बढी घाइते रहेका छन् ।


    आइतवार, श्रावण २२ २०७९०२:१९:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij