Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बिनोद भण्डारीको निर्देशनमा शान्ति परियारको 'निरजाले' (भिडियोसहित)

बिनोद भण्डारीको निर्देशनमा शान्ति परियारको 'निरजाले' (भिडियोसहित)

  • बिहिवार, भाद्र ११ २०७७

  • 1.7K
    SHARES

  • बिनोद भण्डारीको निर्देशनमा शान्ति परियारको 'निरजाले' (भिडियोसहित)

    काठमाडौं । लोक तथा दोहोरी गायक कुलेन्द्र वि.क र शान्ति परियारको स्वरमा 'निरजाले' बोलको गीत यतिबेला बजारमा छ । रमेश परियारको शब्द तथा संगीत रहेको गीतमा गायक स्वयम् विक र प्रेरणा के.सीको अभिनय रहेको छ ।

    भिडियोसहित सार्वजनिक गीतमा यो समयका चर्चित निर्देशक बिनोद भण्डारीको निर्देशन रहेको छ । गीतमा एक माया गरेका जोडीको प्रेमभावलाई कथा बनाएर दर्साइएको छ ।

    पछिल्लो समयमा निर्देशनमा आफ्नो दख्खल सावित गराउन सफल भण्डारीले निर्देशन गरेका गीतले दर्शकश्रोताले अत्यधिक माया पाएका छन् ।
    'कपलु कोरेर'बाट व्यसायिक रुपमा निर्देशनमा लाग्नुभएका भण्डारी गायन र अनिभयनमा पनि उत्तिकै सफल मानिनुहुन्छ ।

    लोकप्रिय गायक कुलेन्द्र बि.क गायनसंगै अभिनयमापनि सक्रिय हुनुहुन्छ भने गीतकार रमेश परियार लेखन, संगीत संगै गायनमापनि उत्तिकै सफल मानिएका कलाकार हुनुहुन्छ ।

    दिवान किनारको एरेन्ज रहेको गीतलाई लोक तथा दोहोरी सर्जक शिव हमालको अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको हो ।

     


    बिहिवार, भाद्र ११ २०७७०७:१४:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij