काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा विरुद्धको महाभियोग प्रस्तावमाथि छलफल सुरु भएको छ ।
छलफलको सुरुवातमा बोल्दै एमाले सांसद खगराज अधिकारीले अब संसदको आयु ३ महिनापनि बाँकी नरहेको अवस्थामा थालिएको छलफलको औचित्यमाथि प्रश्न उठाउनुभएको छ। उहाँले प्रतिनिधिसभा नियमावलीमा बढीमा ३ महिनाभित्र महाभियोग किनारा लगाउनुपर्ने व्यवस्था भएपनि संसदका लागि सो समय नभएको उल्लेख गर्नुभयो ।
उहाँले महाभियोग प्रस्ताव दर्ता भएको लामो समयपछि छलफल सुरु गरेको भन्दै अहिले समय बाँकी नरहेको बताउनुभयो । उहाँले संसदमा रीत पुर्याउने काम मात्र भएको बताउनुभयो । यस्तो गम्भिर प्रकारको अभियोगका माथि छलफलका लागि ३ महिना समय लाग्ने र सो समय नभएकोले यस्तो विषयमा गम्भिर हुन आग्रह गर्नुभयो ।