Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

इजरायलद्वारा गाजा क्षेत्रमा भीषण आक्रमण, ३२ जनाको मृत्यु

इजरायलद्वारा गाजा क्षेत्रमा भीषण आक्रमण, ३२ जनाको मृत्यु

  • आइतवार, श्रावण २२ २०७९

  • 651
    SHARES

  • इजरायलद्वारा गाजा क्षेत्रमा भीषण आक्रमण, ३२ जनाको मृत्यु
    एजेन्सी । इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा परेर कम्तीमा पनि ३२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बालबालिकासमेत रहेको प्यालेस्टायनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
     
    इजरायली सेनाले हतियारधारी समूह प्यालेस्टायन इस्लामिक जिहादका लडाकु विरुद्ध कारबाही गरेको बताएको छ ।  त्यसक्रममा जिहादका नेता खालेद मन्सुर र तेसीर जाबिरी पनि कारबाहीमा मारिएको इजरायलको दाबी छ । मन्सुर जिहादका दोस्रो तहका नेता हुन् ।
     
    इजरायली सेनाले गरेको कारबाहीको प्रतिउत्तरमा प्यालेस्टायनबाट शुक्रबारदेखि अहिलेसम्ममा ६०० वटा रकेट हानिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
     
    सन् २०२१ को मेमा ११ दिनसम्म चलेको लडाइँपछि इजरायलले अहिले सबैभन्दा ठुलो कारबाही सुरु गरेको हो । यो कारबाही एक हप्तासम्म चल्ने उसले बताएको छ । २०२१ मेमा २०० जना प्यालेस्टायनीको मृत्यु भएको थियो ।
     


    आइतवार, श्रावण २२ २०७९०१:३६:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij