Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भारतको नयाँ उपराष्ट्रपतिमा जगदीप धनखर निर्वाचित

भारतको नयाँ उपराष्ट्रपतिमा जगदीप धनखर निर्वाचित

  • आइतवार, श्रावण २२ २०७९

  • 507
    SHARES

  • भारतको नयाँ उपराष्ट्रपतिमा जगदीप धनखर निर्वाचित

    काठमाडौं । भारतको नयाँ उपराष्ट्रपतिमा जगदीप धनखर निर्वाचित हुनुभएको छ । हिजो भएको मतदानबाट पश्चिम बङ्गालका पूर्व गभर्नर धनखर नयाँ उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

    उपराष्ट्रपतिका विपक्षी उम्मेदवार मार्गरेट अल्भालाई ३ सय ४६ मतले पराजित गर्दै धनखर उपराष्ट्रपतिमा चयन हुनुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    खसेको सदर ७ सय १० मतमध्ये धनखरले ५ सय २८ र विपक्षी उम्मेदवार मार्गरेट अल्भाले १ सय ८२ मत प्राप्त गर्नुभयो । १६औँ उपराष्ट्रपति चुनावका लागि अध्यक्षता गरेका लोकसभाका महासचिव उत्तमकुमार सिंहले मतदानका लागि योग्य ७ सय ८० सांसदमध्ये ७ सय २५ सांसदले मतदान गरेकोमा पन्ध्र मत अमान्य भएको घोषणा गर्नुभयो ।

    भारतमा नयाँ उपराष्ट्रपतिका लागि हिजो मतदान भएको थियो । धनखरलाई सत्तारूढ दल भारतीय जनता पार्टीको गठबन्धनले अघि सारेको थियो । यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मू राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।


    आइतवार, श्रावण २२ २०७९०७:१५:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij