Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राजनीतिमा २-३ वटा प्रयोग त गर्‍यौं, अझै धेरै परीक्षण गर्नुपर्छ : बाबुराम भट्टराई

राजनीतिमा २-३ वटा प्रयोग त गर्‍यौं, अझै धेरै परीक्षण गर्नुपर्छ : बाबुराम भट्टराई

  • शनिवार, श्रावण २१ २०७९

  • 862
    SHARES

  • राजनीतिमा २-३ वटा प्रयोग त गर्‍यौं, अझै धेरै परीक्षण गर्नुपर्छ : बाबुराम भट्टराई
    काठमाडौं । जनता समाजवादी पार्टी छाडेर नेपाल समाजवादी पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालको राजनीतिमा आफूहरूले दुई-तीनवटा प्रयोग गरेको, तर यसले मात्र परिणाम दिन नसकेको बताउनुभएको छ ।
     
    नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठकलाई शनिबार सम्बोधन गर्दै उहाँले नेपालजस्तो भूराजनीतिक जटिलता भएको देशको राजनीतिमा धेरै परीक्षणहरू गर्नुपर्ने धारणा राख्नुभयो।
     
    भट्टराईले आफूहरूले फेरि अप्ठेरो बाटो हिँड्ने हिम्मत गरेको बताउनुभएको छ।
     
    भट्टराईले सजिलो बाटो त जो पनि हिँड्न सक्ने भन्दै समस्या समाधानका लागि अप्ठेरो बाटो हिँड्नुपर्ने बताउनुभयो ।
     
    पूर्वप्रधानमन्त्री डा.भट्टराईले जनता समाजवादी पार्टीलाई रूपान्तरण गर्ने आफूहरूको प्रयास असफल भएको बताउनुभयो । जसपा पुरानै र क्षेत्रीय पार्टी नै बन्न चाहेको बताउनुभयो । 
     


    शनिवार, श्रावण २१ २०७९०२:१८:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij