Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपालीलाई स्वादेश फर्काउन देश अनुसारको उद्धार नीति बनाउन निर्देशन

नेपालीलाई स्वादेश फर्काउन देश अनुसारको उद्धार नीति बनाउन निर्देशन

  • बिहिवार, भाद्र ११ २०७७

  • 951
    SHARES

  • नेपालीलाई स्वादेश फर्काउन देश अनुसारको उद्धार नीति बनाउन निर्देशन

    काठमाडौं । संसदको महिला तथा सामाजिक समितिले कोरोना महामारीका कारण विदेशमा अप्ठेरोमा परेका नेपालीलाई स्वदेश फर्काउन देश अनुसारको उद्धार नीति बनाउन सरकारलाई निर्देशन दिएको छ । समितिले प्रविधिको माध्यमबाट विभिन्न देशका राजदूत, गैरआवासीय नेपाली संघ (एनआएनए)का प्रतिनिधि र विभिन्न मन्त्रालयका प्रतिनिधिसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको हो ।

    कुन देशको समस्या कस्तो हो, कस्ता नेपालीहरुलाई उद्धार गर्नुपर्ने र सम्बन्धित देशमा कोरोनाको अवस्था के छ भन्ने समेत नहेरी सरकारले विदेशमा रहेका नेपाली उद्धारमा एउटै नीति लिँदा समस्या भएको राजदूतहरको गुनासो थियो । समितिले वैदेशिक रोजगारीमा देखिएका समस्याको दिर्घकालिन समाधानका लागि तत्काल संयन्त्र बनाउन पनि निर्देशन दिएको छ ।

    त्यस्तो संयन्त्रमा एनआरएनए, महिला मन्त्रालय, पर्यटन मन्त्रालय, श्रम, परराष्ट्र मन्त्रालय र राजदुतवासहरुको सहभागितालाई ध्यान दिन समितिले सरकारलाई आग्रह गरेको छ । साथै समितिले वैदेशिक रोजगारीमा रहेका नेपाली महिलाको संख्या यकीन गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।


    बिहिवार, भाद्र ११ २०७७०४:३०:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij