Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

उपेन्द्र यादवले जितेको सप्तरी-२ बाट चुनाव लड्दै सिके राउत 

उपेन्द्र यादवले जितेको सप्तरी-२ बाट चुनाव लड्दै सिके राउत 

  • शुक्रवार, श्रावण २० २०७९

  • 691
    SHARES

  • उपेन्द्र यादवले जितेको सप्तरी-२ बाट चुनाव लड्दै सिके राउत 
    काठमाडौँ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा सिके राउतले सप्तरी-२ बाट चुनाव लड्नुहुने भएको छ।
     
    जनमत पार्टीका अध्यक्ष राउतले यसअघि २०७४ सालमा उपेन्द्र यादवले जितेको सप्तरी २ बाट चुनाव लड्न लागेको पार्टी प्रवक्ता चन्दन सिंहले जानकारी दिनुभयो । 
     
    सिंहका अनुसार राउतको घर पनि सोही क्षेत्रमा पर्छ। 
     
    गत स्थानीय चुनावमा यो क्षेत्रका केही वडामा जनमत पार्टीले जितेको थियो। राउतको घर रहेको वडा सप्तरीको महादेवा गाउँपालिका–२ मा जनमत पार्टीले वडाध्यक्षसहित प्यानलै जितेको थियो। 
     
    यस्तै सप्तरीकै हनुमाननगर कंकालिनी नगरपालिका र बलानबिहुल गाउँपालिकामा प्रमुख पदमा जनमत पार्टीले जितेको छ।
     
    हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा जनमत पार्टीका वीरेन्द्र माझीले जसपाका उम्मेदवारलाई हराएर मेयर जित्नुभएको थियो । 
     
    यस्तै बलानबिहुल गाउँपालिकामा काँग्रेसका उम्मेदवारलाई हराउँदै जनमत पार्टीका उम्मेदवार खेमचन्द्र यादव र रेणु यादव अध्यक्ष र उपाध्यक्ष चुनिएका हुन्।
     
    मधेस आन्दोलनको केन्द्र भएकाले राउतले यही क्षेत्र रोजेको प्रवक्ता सिंहले जानकारी दिनुभयो । 
     
    मूलधारको राजनीतिमा आएको दुई वर्षपछि जनमत पार्टीले यसअघि स्थानीय निर्वाचनमा भाग लिएको थियो।  २४ फागुन २०७५ मा जनमत पार्टी र सरकारबीच शान्तिपूर्ण सम्झौता भएको थियो।ओली नेतृत्वको सरकारले उनीसँग ११ बुँदे सहमति गरेको थियो।
     
    त्यसयता जनमत पार्टीले तराई मधेस केन्द्रित रहेर आफ्नो राजनीति अगाडि बढाउँदै आएको छ।


    शुक्रवार, श्रावण २० २०७९०३:०६:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij