Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काठमाडौं-६ बाट चुनाव लड्ने शिशिर खनालको घोषणा 

काठमाडौं-६ बाट चुनाव लड्ने शिशिर खनालको घोषणा 

  • शुक्रवार, श्रावण २० २०७९

  • 941
    SHARES

  • काठमाडौं-६ बाट चुनाव लड्ने शिशिर खनालको घोषणा 
    काठमाडौं । टिच फर नेपाल संस्थाका सह-संस्थापक तथा उद्यमी शिशिर खनालले काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभा चुनाव लड्ने घोषणा गर्नुभएको छ । 
     
    सरकारले चुनावको मिति घोषणा गरेको अर्को दिन आज खनालले काठमाडौं-६ बाट चुनाव लड्ने सार्वजनिक गर्नुभएको हो । 
     
    ४३ वर्षीय खनाल टोखा-१० गोंगबुका बासिन्दा हुनुहुन्छ । उहाँले अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गर्नुभएको छ । 
     
    आफूले पढेको विषय पनि सार्वजनिक नीति भएको र शिक्षाको क्षेत्रमा काम गरेकाले संसदमा गएर नीति निर्माणको काम गर्न चुनाव लड्न लागेको खनालले बताउनुभएको छ । 
     
    खनालले स्वतन्त्र उम्मेदवारी दिएपनि सो अभियानमा भने आफू औपचारिक रूपमा नजोडिएको बताउनुभयो । काठमाडौं–६ मा २०७४ को चुनावमा नेपाली कांग्रेसका भीमसेनदास प्रधान निर्वाचित हुनुभएको थियो ।
     


    शुक्रवार, श्रावण २० २०७९०१:४८:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij