Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कांग्रेसलाई कसैको बैशाखी आवश्यक छैन, गठबन्धन अरु पार्टीको वाध्यता हो : केसी

कांग्रेसलाई कसैको बैशाखी आवश्यक छैन, गठबन्धन अरु पार्टीको वाध्यता हो : केसी

  • शुक्रवार, श्रावण २० २०७९

  • 904
    SHARES

  • कांग्रेसलाई कसैको बैशाखी आवश्यक छैन, गठबन्धन अरु पार्टीको वाध्यता हो : केसी

    काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले कांग्रेस स्थापना कालदेखि एक्लै लड्दै आएको पार्टी भएकाले उसलाई कसैको बैशाखी आवश्यक नरहेको बताउनु भएको छ । सरकार बनाउन गठबन्धन आवश्यक भएको तर निर्वाचनमा एक्लै लड्नुपर्नेमा उहाँको जोड छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषी धमलासँंग कुराकानी गर्दै नेता केसीले आउने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा निर्वाचनमा कांग्रेस र अन्य दलबीच आधा आधाको सहमति नहुने बताउनुभयो ।

    कम्तिमा पनि ६०/ ४० को सिट बाँडफाड हुनुपर्नेमा नेता केसीको जोड छ । कांग्रेस पार्टीको सम्मानका लागि पनि ५०/ ५० को संभावना नरहेको उहाँको दावी छ । आधा आधाबाट सिट बाँडफाड गर्दा पार्टीलाई घाटा हुने केसीको तर्क छ ।

    कांग्रेस स्थापना कालदेखि एक्लै लड्दै आएको पार्टी भएकाले के को आधारमा कहाँ कस्ले पाउने निश्चित मापदण्ड बनाएर अगाडि बढ्नुपर्ने भन्दै, योग्य व्यक्ति जुनसुकै पार्टीको भएपनि छुट्न नहुनेमा केसीले जोड दिनुभयो ।

     


    शुक्रवार, श्रावण २० २०७९०८:०९:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij