Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

अर्थसचिव मधुकुमार मरासिनीको सरुवा

अर्थसचिव मधुकुमार मरासिनीको सरुवा

  • बिहिवार, श्रावण १९ २०७९

  • 1.6K
    SHARES

  • अर्थसचिव मधुकुमार मरासिनीको सरुवा
    काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीको सरुवा भएको छ।
     
    बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीको सरुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
     
    ‘आज बसेको मन्त्रिपरिषद् बैठकले अर्थसचिव मरासिनीको सरुवा गर्ने निर्णय गरेको हो’, ती मन्त्रीले भने, ‘अर्थसचिव त्यहाँ नरहने भन्ने भयो तर अर्थमा को लैजाने, उहाँलाई कहाँ लैजाने भनेर केही कुरा भएन।’
     
    बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लगाउँदै अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न चौतर्फी माग भइरहेका बेला अर्थसचिव मधुकुमार मरासिनी बिदामा बस्नुभएको थियो । 
     
    आर्थिक वर्ष २०७९–८० को बजेट बनाउँदा अर्थमन्त्री शर्माले एकजना पूर्वनायब सुब्बालाई करका दरहरू हेरफेर गर्न लगाएको भन्ने आरोप थियो। त्यसपछि शर्माले संसदमै राजीनामाको घोषणा गरेका थिए। उनले राजीनामा दिएपछि मरासिनी कार्यालय फर्किनुभएको थियो । 
     
    शर्मामाथि छानबिन गर्नको समिति बनेको थियो। उक्त समितिले शर्मा निर्दोष रहेको भन्दै सभामुखलाई प्रतिवेदन बुझाएको थियो। त्यसपछि फेरि सरकारले अर्थमन्त्री शर्मालाई पुनः बहाली गरेको थियो।   


    बिहिवार, श्रावण १९ २०७९०४:४८:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij