Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

चीनले गर्‍यो ताइवान नजिक २ मिसाइल प्रक्षेपण

चीनले गर्‍यो ताइवान नजिक २ मिसाइल प्रक्षेपण

  • बिहिवार, श्रावण १९ २०७९

  • 875
    SHARES

  • चीनले गर्‍यो ताइवान नजिक २ मिसाइल प्रक्षेपण
    काठमाडौं । ताइवान नजिक सैन्य अभ्यास थालेको चीनले दुई वटा मिसाइल प्रक्षेपण गरेको छ ।
     
    समाचार एजेन्सी रोयटर्सका अनुसार दुई चिनियाँ मिसाइल चीनले घोषणा गरेको ड्रिल जोनबाट प्रक्षेपण गरेको हो । ड्रिल जोन ताइवानको उत्तरपूर्वी तटबाट केही टाढा पर्दछ ।
     
    यसबारे विस्तृत विवरण आउन बाँकी छ ।
     
    यसैबीच चिनियाँ गतिविधिको नजिकबाट नियालिरहेको ताइवानले जनाएको छ । ताइवानको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गरेर आफूहरूले युद्ध नचाहेको जनाएको छ ।
     
    अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवानको सिमाना वरपर सैन्य अभियान सुरु गरेको छ । यो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरुमा समेत हुने बीबीसीले जनाएको छ ।
     
    अमेरिकी सभामुख पेलोसी गत मंगलबार ताइवानको भ्रमण गरेकी थिइन् । ताइवानका शीर्ष नेताहरुसँग भेटवार्ता गरी त्यहाँबाट बुधबार फर्किएकी थिइन् । यो भ्रमणले चीन-अमेरिका र चीन-ताइवानबीच विवाद बढाएको छ ।


    बिहिवार, श्रावण १९ २०७९०१:३०:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij