Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

कांग्रेस नेता निधि र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेट

कांग्रेस नेता निधि र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेट

  • बुधवार, श्रावण १८ २०७९

  • 448
    SHARES

  • कांग्रेस नेता निधि र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेट
    काठमाडौं ।  पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेट भएको छ ।
     
    नयाँ दिल्लीको दिनदयाल मार्गस्थित भारतीय जनता पार्टीको कार्यालयमा बुधबार(आज) बिहान भएको एक घण्टा लामो भेटमा नेपाल–भारत दुई देश साथै नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीचको सम्बन्ध आगामी दिनमा थप सुदृढ बनाउने लगायत विषयमा छलफल भएको थियो ।
     
    यस अवसरमा कांग्रेसका पूर्व उपसभापतिसमेत रहेका निधिले रामजन्मभूमि अयोध्यामा निर्माणाधीन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलावासीको तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्ने विषयमा श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका पदाधिकारीसँगको बैठक उपलब्धिमूलक भएको बताउनुभएको थियो।
     
    यसले दुई देशबीच रहेको आदि कालदेखिको सम्बन्धलाई सबै क्षेत्रमा दीर्घकालीन रुपमा थप बलियो बनाउने निधिले विश्वास व्यक्त गर्नभयो ।
     
    चौथाइवालेले राम मन्दिरमा धनुष राख्ने काम महत्त्वपूर्ण हुने भन्दै यसले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।
     
    गत शुक्रबार अयोध्या पुगेका निधिले राम मन्दिरमा धनुष राख्न गरेको प्रस्तावलाई श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत रायले आफ्नो कार्य समितिमा छलफल गरी सहमति गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।


    बुधवार, श्रावण १८ २०७९०५:१९:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij