Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

जनताको सेवालाई सर्वोपरी ठानेर काम गर्नुहोस् : प्रधानमन्त्री देउवा

जनताको सेवालाई सर्वोपरी ठानेर काम गर्नुहोस् : प्रधानमन्त्री देउवा

  • बुधवार, श्रावण १८ २०७९

  • 691
    SHARES

  • जनताको सेवालाई सर्वोपरी ठानेर काम गर्नुहोस् : प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई दिने सेवालाई सर्वोपरी ठानी मन्त्रालय, विभाग र कार्यालयका टेवल–टेवलमा हुने शासन अन्त्य गर्न निर्देशन दिनुभएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्री र सचिवहरूको बैठक बोलाई प्रधानमन्त्रीले जनताले सरकारबाट पाउने सुविधाहरु सहज र चुस्त रुपमा उपलब्ध गराउन निर्देशन दिनुभएको हो ।

    ‘तपाईँहरूले सरकारी कार्यालयका टेवल टेवलका शासन आजैदेखि बन्द गराउनुहोस्,’ प्रधानमन्त्रीले निर्देशन दिदै भन्नुभयो, ‘जनताको सेवक ठानेर चुस्त र प्रभावकारी रूपमा काम गर्नुहोस् ।’

    प्रधानमन्त्रीले कानुनबमोजिम सुविधा पाउने बाहेकका कर्मचारी वा अन्य पदाधिकारीलाई सवारीसाधन सुविधा र इन्धन नदिन पनि निर्देशन दिनुभयो ।

    इन्धनको मूल्यवृद्धिसँगै यसले मुलुको विदेशी मुद्रामा असर गरिरहेका बेला उहाँले कानुनले तोके बाहेकका सरकाी कर्मचारीलाई सवारीसाधनको सुविधा पाए(नपाएको लगत हेरर कटौती गर्न निर्देशन दिनुभयो।

    त्यस्तै प्रधानमन्त्रीले ६ महिनाभित्र तरकारी तथा फलफूल र एक वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर हुनेगरी सम्पूर्ण तयारी गर्न पनि मन्त्री र सचिवहरूलाई निर्देशन दिनुभयो।

    विद्युत खपत बढाउने, निर्यातलाई प्रबर्द्धन गर्नेलगायतका कामहरू सबै मन्त्रालयले योजना बनाएर अघि बढ्न पनि प्रधानमन्त्रीको निर्देशन छ ।
    उक्त बैठकमा सरकारका सबै मन्त्रीहरूले आर्थिक वर्षको बजेट र यसको कार्यान्वयनका विषयमा धारणा राखेका थिए । 


    बुधवार, श्रावण १८ २०७९०१:५३:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij